२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसले पार्टीका निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसअघि चैत १४ गते पार्टीको लेटरहेड दुरुपयोग गरी वक्तव्य जारी गरेको आरोपमा चैत १८ गते बसेको अनुशासन समितिको बैठकले उनलाई एकपटकका लागि सचेत गराएको थियो।

तर त्यसपछि पनि चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए।

बारम्बारको चेतावनीपछि पनि गतिविधि नरोकेपछि कांग्रेसले खड्काविरुद्ध थप कारबाही प्रक्रिया अघि बढाएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय