२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

यस अवसरमा सन्तानले आफ्नी आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ। बिहानै उठी स्नान गरेर आमाप्रति सम्मान प्रकट गर्ने चलन आज पनि यथावत् देखिन्छ।

शास्त्रीय परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च मानिने भएकाले यस दिन आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गरिन्छ।

आमा नभएका व्यक्तिहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गरी श्राद्ध गर्ने प्रचलन छ। यसरी श्रद्धापूर्वक गरिएको कर्मबाट आमाको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रविद्हरूका अनुसार सन्तानलाई गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको स्थान अत्यन्त उच्च मानिएको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्व विशेष रूपमा वर्णन गरिएको पाइन्छ।

यसै अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–स्थित मातातीर्थमा मेला लागेको छ। बिहीबार बेलुकादेखि नै त्यहाँ भक्तजनको भीड लाग्न थालेको हो।

मातातीर्थ कुण्डमा दिवङ्गत आमाको सम्झनामा श्रद्धाञ्जली दिन र पूजाअर्चना गर्न भक्तजनहरू बिहानैदेखि पुगेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय