२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

लेबनानइजरायलबीच १० दिनको अस्थायी युद्धविराममा सहमति भएको छ ।

डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछि यो उपलब्धि हासिल भएको बताएका छन् ।

यो युद्धविरामलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’का रूपमा लिइएको छ । यो अवधिमा सहमति उल्लंघन नभए स्थायी शान्तिको सम्भावना खुल्न सक्ने संकेत गरिएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जोसेफ औनबेन्जामिन नेतन्याहुसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” भन्ने दाबी गरेका छन् ।

यो युद्धविराम बिहीबार रातिदेखि लागू भएको जनाइएको छ । यसअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच वार्ता भएको थियो, जसलाई सन् १९८३ पछिको पहिलो महत्वपूर्ण प्रत्यक्ष संवाद मानिएको छ ।

ट्रम्पले दुवै देशका नेताहरूलाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

लेबनानका राष्ट्रपति औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रीय स्थायित्वका लागि प्रयास जारी रहने बताएका छन् । उनले दीर्घकालीन शान्तिका लागि पहल जारी राख्ने बताएका छन् ।

लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास भइरहेको जनाएको छ ।

यता हिजबुल्लाहका नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने अवस्थाका आधारमा आगामी कदम तय गरिने बताएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय