२०८३ बैशाख ४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदीय समितिका नवनिर्वाचित १२ सभापतिले लिए शपथ | बालेनको पुरानो र्‍याप भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी | त्रिभुवन आर्मी क्लब तेस्रोपटक प्रधानमन्त्री कपको च्याम्पियन | सरकारी अस्पतालको ओपीडी आइतबार बन्द हुने | गैरकानुनी कब्जामा रहेका जग्गा–सम्पत्ति फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन | बजेट अधिवेशन प्रभावकारी बनाउने तयारीमा सभामुख अर्याल | दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध टी–२० सिरिज : रोहित पौडेल बाहिर कुशल मल्लको पुनरागमन | परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूतको भेट | ट्रम्पको पहलमा लेबनान–इजरायलबीच १० दिनको युद्धविराम | संघीय संसद् समितिमा सभापति छान्ने प्रक्रिया आज सम्पन्न हुने |

सरकारी अस्पतालहरूको ओपीडी सेवा फेरि आइतबार बन्द रहने भएको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्दै आइतबारको बिदा पुनः कायम गरेको हो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीलाई सहजता दिन आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई आग्रह गरेको थियो। तर, चिकित्सक संघले सो दिन ओपीडी सञ्चालन गर्न नसक्ने जनाएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा लागू हुँदा पनि स्वास्थ्य सेवा अवरुद्ध नहुने उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार अस्पतालहरूमा आकस्मिक र अन्तरंग सेवा भने २४ सै घण्टा यथावत सञ्चालनमा रहनेछन्, जसबाट बिरामीको निरन्तर हेरचाह सुनिश्चित गरिनेछ।

आइतबारका लागि तय भएका शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजतालाई ध्यानमा राखेर पुनः तालिका मिलाइने मन्त्रालयले जनाएको छ।

सेवा उपलब्ध नभएको अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा रेफर गरिने व्यवस्था मिलाइनेछ भने एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने पनि उल्लेख गरिएको छ।

मन्त्रालयले बिदाका दिनमा पनि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले अस्पतालहरूलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, उपलब्ध सेवाबारे जानकारी वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्न आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय