२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

वीरगञ्जको मुख्य सडक विस्तारका लागि आइतबार बिहानैदेखि डोजर चलाइएको छ। त्रिभुवन राजपथअन्तर्गत पर्ने मेनरोड फराकिलो बनाउने काम अन्तर्गत सडक दायाँ–बायाँका संरचना भत्काउन थालिएको हो।

सडक डिभिजन कार्यालय हेटौंडाको समन्वयमा गण्डक चोकदेखि भारतको रक्सौल सीमास्थित मितेरी पुलसम्म सडक विस्तार गर्ने योजना अनुसार भत्काउने काम अघि बढाइएको छ। आइतबार बिहान साढे ४ बजेदेखि घण्टाघर क्षेत्रबाट डोजर परिचालन गरिएको हो।

सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर, पसल तथा अन्य संरचना हटाउन सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ वटा उपकरण र वीरगञ्ज महानगरपालिकाका ४ वटा डोजर प्रयोग गरिएको छ।

यसअघि शनिबार माइकिङमार्फत सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न सूचना दिइएको थियो। सूचनापछि केही व्यापारीले आफ्नो सामान बेच्न ‘सेल’ समेत सञ्चालन गरेका थिए।

मुख्य सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र पर्ने सबै संरचना हटाइने जनाइएको छ। यसका लागि जिल्ला सुरक्षा समिति, वीरगञ्ज महानगरपालिका र सम्बन्धित निकायबीच समन्वय गरेर रणनीति तय गरिएको थियो।

जिल्ला सुरक्षा समिति पर्साका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार आइतबारदेखि सडक विस्तारको काम औपचारिक रूपमा सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गर्दै वैशाख ६ गते बिहान साढे ४ बजेसम्म सडक क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचना खाली गर्न निर्देशन दिएको थियो। सोही सूचनाअनुसार आइतबारदेखि कार्यान्वयन सुरु गरिएको हो।

सर्वोच्च अदालतको २०८१ फागुन २८ गतेको फैसलापछि मेनरोड विस्तारको बाटो खुलेको थियो। लामो समयदेखि विवादका कारण रोकिएको काम अब अघि बढाइएको हो।

यसअघि २०६९ सालदेखि नै सडक विभागले २५/२५ मिटर मापदण्डअनुसार संरचना हटाउन सूचना जारी गर्दै आएको थियो। तर, घरधनीको विरोध र अदालतमा मुद्दा परेपछि काम अघि बढ्न सकेको थिएन।

गण्डकदेखि भन्सारसम्मको करिब तीन किलोमिटर सडकखण्ड साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको थियो भने मुख्य बजार क्षेत्रको स्वरूपसमेत प्रभावित भएको थियो।

हाल सर्वोच्च अदालतको निर्णयअनुसार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन हेटौंडाले महानगरसँग समन्वय गरेर काम अघि बढाएका हुन्। महानगरले सुरक्षा निकायसँग सहकार्य गर्दै सडक विस्तार कार्यलाई तीव्रता दिएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय