२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। आइतबार प्रिभ्यू सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो।

फिल्मप्रति अभिनेता विपिन कार्की उत्साहित देखिएका छन्। केही दिनअघि एक प्रिमियर कार्यक्रममा उनले ‘काजी’ लाई क्लासिक प्रेमकथाका रूपमा प्रस्तुत गर्दै यसप्रति आफ्नो भरोसा व्यक्त गरेका थिए। उनले यस फिल्मले आफ्नो अघिल्लो फिल्म ‘उनको स्वीटर’ जस्तै दर्शकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार फिल्मको कथावस्तु प्रभावशाली प्रेमकथामा आधारित छ, जसलाई ‘मुनामदन’ जस्तै गहिरो भावनासँग तुलना गर्न सकिने बताइएको छ।

फिल्ममा अभिनेत्री केकी अधिकारी ‘कजिनी’ पात्रमा देखिएकी छन्। निर्माण टिमका अनुसार प्रिभ्यू सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति चासो बढ्ने अपेक्षा गरिएको छ। विवाहपछिको सम्बन्ध र प्रेमकथालाई केन्द्रमा राखेर तयार पारिएको फिल्मले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षित्ता अर्यालको अभिनय रहेको छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको छायांकन चिन्तन राजभण्डारीले गरेका छन् भने संगीत कालिप्रसाद बास्कोटाको रहेको छ।

फिल्ममा प्रोडक्सन डिजाइन ओजस्वी ओझा, रंग संयोजन श्याम कुँवर, लोकेशन ध्वनि सागर अर्याल र पार्श्व संगीत सुजिल कर्माचार्यले सम्हालेका छन्। क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेका छन्।

कार्यकारी निर्माता असिम काफ्ले तथा निर्माता नेहान रिजाल र विकास राज जोशी हुन्। फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्‌ले गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय