२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालमा फैलिरहेका आधारहीन र भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाइरहेको उल्लेख गर्दै यसलाई गम्भीर रूपमा लिइएको स्पष्ट पारेको छ।

मन्त्रालयले समाचार प्रकाशन तथा प्रसारण गर्ने संस्था र व्यक्तिहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।

यदि कसैले प्रचलित कानुन विपरीत भ्रामक समाचार वा सूचना फैलाएको पाइएमा विद्युतीय कारोबार ऐन तथा अन्य सम्बन्धित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

साथै, सर्वसाधारणलाई सामाजिक सञ्जालमा कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको सत्यता जाँच गर्न र यस्ता भ्रामक सामग्री फैलाउन सहयोग नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

भ्रामक सूचनासम्बन्धी कुनै गुनासो वा जानकारी भएमा मन्त्रालयको वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टल, तोकिएको फोन नम्बर वा इमेलमार्फत जानकारी दिन पनि आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय