२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज केराको मूल्य प्रतिदर्जन २५० रुपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बजारमा यही मूल्यमा कारोबार भइरहेको हो।

समितिले सार्वजनिक गरेको विवरणअनुसार स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (झोले) २५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी हरियो अङ्गुर २४० रुपैयाँ र कालो अङ्गुर ३८० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

अन्य फलफूलतर्फ अनार प्रतिकिलो ४०० रुपैयाँ, किबी ४५० रुपैयाँ र एभोकोडो ८०० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, तरबुजा प्रतिकिलो ४५ रुपैयाँमा उपलब्ध रहेको छ। गर्मीयाम सुरु भएसँगै यसको माग अझै बढ्ने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय