२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

आज २०औँ लोकतन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आउँदै छन्। तत्कालीन राजतन्त्र अन्त्य भई देशमा लोकतन्त्र स्थापना भएको दिनकै संयोग पारेर उनी काठमाडौं बाहिर निस्किन लागेका हुन्।

देशमा जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि ज्ञानेन्द्र पहिलो पटक लामो भ्रमणमा निस्किएका हुन्।

भ्रमण व्यवस्थापन समितिका अनुसार पूर्वराजा कम्तिमा दुई साता पोखरामा बस्ने कार्यक्रम रहेको छ। समितिका सदस्य अर्जुन खनालले यसपटकको भ्रमण राजनीतिक रूपमा पनि अर्थपूर्ण हुने बताएका छन्।

यसअघि २०८१ माघ २७ गते पोखरा आएका ज्ञानेन्द्र दुई साता बसाइपछि फर्किँदा काठमाडौं विमानस्थलमा राजावादीहरूले ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए।

आज बिहान साढे १० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ। केशव भण्डारीको संयोजकत्वमा भ्रमण व्यवस्थापन समिति गठन गरिएको छ।

पोखरामा बसाइँका क्रममा पूर्वराजाले धार्मिक स्थलको दर्शन गर्नुका साथै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

लेकसाइडमा हालै निर्माण सम्पन्न सोल्टी होटलमा उनी बस्नेछन्। सो होटल सोल्टी ग्रुपले व्यवस्थापन गरिरहेको छ।

निकट स्रोतका अनुसार पूर्वराजाले नेपाली कांग्रेसभित्र राजसंस्था र हिन्दुराज्यको पक्षमा रहेका नेताहरूसँग पनि भेट गर्ने योजना बनाएका छन्। साथै एमाले र माओवादीका केही नेतासँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

पूर्वराजाको पोखरा बसाइँलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। सचिवालयका अनुसार आजका लागि कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय