२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको हेटौँडा सिमेन्ट उद्योग फेरि बन्द भएको छ। कच्चा पदार्थ अभावका कारण उद्योगले उत्पादन रोक्न बाध्य भएको हो।

उद्योगले गत महिना क्लिङ्कर उत्पादन गरे पनि त्यसपछि आवश्यक कच्चा पदार्थ नपाएपछि उत्पादन प्रक्रिया ठप्प भएको छ। उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कोइला, ढुङ्गालगायत आवश्यक सामग्रीको अभाव रहेको छ।

उनले कच्चा पदार्थ आपूर्तिका लागि सम्झौता भए पनि रकम अभावका कारण ठेकेदारले ढुवानी गर्न नसकेको बताए। त्यसैले तत्काल कच्चा पदार्थ आउने सम्भावना नरहेको र उद्योग बन्द गर्नुपरेको उनको भनाइ छ।

हाल उद्योगमा रहेको कच्चा पदार्थ प्रयोग गरेर करिब पाँच हजार टन क्लिङ्कर उत्पादन गरिएको छ। अहिले सो क्लिङ्करबाट सिमेन्ट ‘प्याकेजिङ’ मात्र भइरहेको छ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यो उद्योग पछिल्लो समय प्रायः बन्द अवस्थामा रहँदै आएको छ। क्लिङ्कर उत्पादनका क्रममा मेसिनमा देखिएको समस्याका कारण मर्मत कार्य पनि जारी रहेको जनाइएको छ।

उद्योगको आर्थिक अवस्था कमजोर हुँदा कर्मचारीहरू समेत प्रभावित भएका छन्। उद्योगमा कार्यरत कर्मचारीहरूले विगत १० महिनादेखि तलब पाएका छैनन्।

हाल उद्योगमा १६६ स्थायी कर्मचारी, १०० दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मी कार्यरत छन्।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यो उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। अहिले भने कच्चा पदार्थ अभाव र आर्थिक संकटका कारण उद्योग सञ्चालनमा चुनौती थपिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय