२०८३ बैशाख १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त | त्रिवि क्रिकेट मैदानबारे सरकारको स्पष्टिकरण : क्रिकेट मैदान हटाउने कुनै योजना छैन | यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय | संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारीमा बालेन सरकार! | महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा झडप | सुकुम्वासी बस्तीमा हतारमा डोजर चलाएको भन्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलको असन्तुष्टि | सुकुम्बासी बस्ती स्थानान्तरणपछि विद्यार्थी व्यवस्थापन गर्न शिक्षामन्त्रीको निर्देशन | एक महिनामै ११ लाख लाइसेन्स छापियो, बाँकी असारभित्रै सकिने | बेल ४१२’ को सट्टा नेपालले अमेरिकासँग ‘हेभी–लिफ्ट’ हेलिकोप्टर माग्ने | कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत |

पछिल्लो एक महिनामै ११ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको छ । सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स प्रिन्ट सुरु गरेको पहिलो पाँच महिनामा जम्मा १ लाख मात्र छापेको थियो । तर, पछिल्लो समय प्रिन्टिङ प्रक्रिया तीव्र पारिएपछि एक महिनामै ठूलो संख्यामा लाइसेन्स छापिएको हो ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो । सोहीअनुसार अधिकांश काम सम्पन्न भइसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार सम्झौताअनुसार छपाइको काम सकिएको छ र अहिले छापिएका लाइसेन्सहरूको प्याकिङ भइरहेको छ । उनले प्रिन्ट भइसकेका लाइसेन्सको विवरण छिट्टै वेबसाइटमा अद्यावधिक गरिने जानकारी पनि दिए ।

सरकारले ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने नीति लागू गरेसँगै प्रिन्टिङ कार्यमा तीव्रता आएको हो ।

अब छाप्न बाँकी रहेका लाइसेन्सहरू पनि असार मसान्तभित्रै सम्पन्न गरिने जनाइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय