२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्रिकेट मैदान हटाउने कुनै उद्देश्य नरहेको बताए ।

उनका अनुसार त्रिवि उपकुलपतिसँग यस विषयमा छलफल भइसकेको छ । उनले भने, “त्यसबारे मेरो त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग बैठक भएको थियो। मैदान खाली गराउने कुनै उद्देश्य छैन। लिज सम्झौता सकिएको भएकाले त्यसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने छ, यस विषयमा सकारात्मक छलफल भएको छ।”

प्रवक्ता पोखरेलले राज्यको ठूलो लगानी रहेको संरचना भएकाले मैदान खाली नहुने स्पष्ट पारे ।

यसै क्रममा उनले सरकारको ३० दिनको कामको मूल्यांकन भइरहेको पनि बताए । उनका अनुसार ३० दिनमा गर्ने कामहरू धेरैजसो अघि बढिसकेका छन् र १०० दिनको कार्ययोजनातर्फ सरकार अघि बढिरहेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय