२०८३ बैशाख १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा होस्टेल अनुगमन कडा, मापदण्ड नपुगे बन्द गरिने, मापदण्ड नपुगे बन्द गरिने | सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त | त्रिवि क्रिकेट मैदानबारे सरकारको स्पष्टिकरण : क्रिकेट मैदान हटाउने कुनै योजना छैन | यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय | संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारीमा बालेन सरकार! | महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा झडप | सुकुम्वासी बस्तीमा हतारमा डोजर चलाएको भन्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलको असन्तुष्टि | सुकुम्बासी बस्ती स्थानान्तरणपछि विद्यार्थी व्यवस्थापन गर्न शिक्षामन्त्रीको निर्देशन | एक महिनामै ११ लाख लाइसेन्स छापियो, बाँकी असारभित्रै सकिने |

काठमाडौं महानगरपालिकाले होस्टेलहरूमा अनुगमनलाई तीव्र बनाएको छ ।

महानगरको शिक्षा विभागले पाँच वटा टोली गठन गरेर विभिन्न वडामा सञ्चालनमा रहेका होस्टेलहरूको निरीक्षण सुरु गरेको हो । व्यवसायीहरूको तथ्यांक अनुसार महानगरभित्र करिब ४० हजार व्यक्तिले होस्टेल सेवा लिइरहेका छन् ।

यति धेरै सेवाग्राही रहेका स्थानमा मापदण्डको पालना, सेवा गुणस्तर र सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै अनुगमन अघि बढाइएको महानगरले जनाएको छ ।

महानगरले मापदण्ड पूरा गरेका होस्टेललाई विधिसम्मत रूपमा दर्ता गर्ने, सुधार गर्न सकिनेलाई समय दिएर सुधार गर्न लगाउने र आधारभूत मापदण्डसमेत नपुगेका होस्टेललाई बन्द गर्ने नीति लिएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले स्पष्ट लक्ष्यसहित अनुगमन अभियान सञ्चालन गरिएको बताइन् । उनका अनुसार गुणस्तरीय र सुरक्षित बसोबास सुनिश्चित गर्न यस्तो अभियान आवश्यक रहेको छ ।

शिक्षा अधिकृतहरूको संयोजकत्वमा गठित टोलीमा जनप्रतिनिधि, होस्टेल व्यवसायीका प्रतिनिधि, फुड टेक्नोलोजिष्ट र अनुगमन एकाइका सदस्यहरू सहभागी छन् । अनुगमनलाई प्रभावकारी बनाउन राजस्व विभागका प्रतिनिधिसमेत समावेश गर्ने तयारी गरिएको छ ।

महानगरका विभिन्न वडामा विभाजन गरिएका टोलीहरूले क्षेत्रगत रूपमा होस्टेलहरूको अवस्था अध्ययन गरिरहेका छन् ।

शिक्षा अधिकारी नमराज ढकालका अनुसार ‘छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८०’ कार्यान्वयन गराउने उद्देश्यले अनुगमन गरिएको हो । सुरक्षित, स्वच्छ र मर्यादित बसोबास वातावरण निर्माण गर्नु मुख्य लक्ष्य रहेको उनले बताए ।

मापदण्डअनुसार होस्टेलमा पर्याप्त शौचालय, पानी, बिजुली, सरसफाइ, अग्नि सुरक्षा उपकरण, सिसिटिभी, स्वास्थ्य सामग्री र उपयुक्त शैक्षिक वातावरण अनिवार्य गरिएको छ । साथै लागूपदार्थ, मदिराजन्य वस्तु तथा अवाञ्छित गतिविधिमा कडाइ गरिने व्यवस्था गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय