२०८३ बैशाख १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
क्रिकेट विश्वकप लिग–२ मा ओमानले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य | रास्वपा संसदीय दलमा बालेन अनुपस्थित ! अध्यादेशलगायत विषयमा छलफल | कांग्रेस संसदीय दल : बासना थापा प्रमुख सचेतक निश्कल राई सचेतक नियुक्त | रास्वपाका सांसदलाई लेटरहेडदेखि कार्डसम्म ‘माननीय’ नलेख्न रवि लामिछानेको निर्देशन | संसद् रोकेर सरकारले रोज्यो अध्यादेशको बाटो | प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै विधिबाटै थिति बसाल्न ओमप्रकाश अर्यालको सुझाव | धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो: अध्यक्षका लागि आवेदन खुला | प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) नेकपाको प्रवक्ता बन्ने | नष्ट भइसकेका सवारीको विवरण देखाएर इन्धन लिएको खुलासा : कारबाही गर्न मन्त्रीको निर्देशन | काठमाडौंमा होस्टेल अनुगमन कडा, मापदण्ड नपुगे बन्द गरिने, मापदण्ड नपुगे बन्द गरिने |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई आफ्ना कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न निर्देशन दिएका छन् ।

संसदीय दलको अनौपचारिक बैठकमा उनले सांसदहरूको लेटरहेड, कार्ड लगायतका कागजातमा एकरूपता कायम गर्न समेत जोड दिएका छन् । पार्टी प्रवक्ता मनिष झाले सभापति लामिछानेले यस्तो निर्देशन दिएको जानकारी दिए ।

उनका अनुसार सांसदहरूलाई अझै धेरै सिक्नुपर्ने भएकाले मेन्टर र सल्लाहकारसँग काम गर्ने अभ्यास गर्न सुझाव दिइएको छ । सकेसम्म सल्लाह र सुझाव लिएर अघि बढ्न पनि निर्देशन दिइएको उनले बताए ।

त्यसैगरी आगामी निर्वाचन लक्षित गर्दै वैशाख २० गतेदेखि ‘Candidate Club’ को अभ्यास सुरु गर्ने तयारी रहेको छ । यसमार्फत उम्मेदवार छनोट र निर्वाचनपूर्व प्रशिक्षणलाई व्यवस्थित बनाइने जनाइएको छ ।

बैठकमा कसैले पनि टिकटको विषयमा कुनै प्रतिबद्धता नदिन पनि निर्देशन दिइएको छ । यदि त्यस्तो अभ्यास भएको पाइएमा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

संसदीय दलको बैठक जारी रहेको बताइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय