२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले जारी रहेको छ ।

सरकारले ल्याउन लागेको दुई वटा अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा पार्टीका सभापतिसहित अन्य नेताहरूको उपस्थिति रहे पनि संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी भएका छैनन् ।

यसअघि बसेको संसदीय दलको बैठकमा पनि बालेन अनुपस्थित रहेका थिए । लगातार दोस्रोपटक उनी बैठकमा नदेखिएको हो ।

बैठकमा अध्यादेशसँग सम्बन्धित विषय र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय