२०८३ असार २ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

काठमाडौंसहित देशका विभिन्न स्थानमा बुधबार साँझ हावाहुरीसहित वर्षा भएको छ । लुम्बिनी प्रदेशदेखि पूर्वतर्फका धेरै स्थानमा हावाहुरीसँगै वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले विशेषगरी वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । अन्य प्रदेशका केही क्षेत्रमा पनि हावाहुरीको प्रभाव देखिएको छ ।

काठमाडौं उपत्यकामा पनि हावाहुरी चलेको छ । यहाँ प्रतिघण्टा करिब ७० किलोमिटर वेगमा हावा चलेको बताइएको छ । यो वेग प्रतिसेकेन्ड १९ मिटर बराबर हुने मौसमविद् अधिकारीले जानकारी दिए ।

अहिलेको अवस्था अनुसार अझै करिब १२ घण्टासम्म हावाहुरीको सम्भावना रहेको छ । यद्यपि देशभर एकैपटक हावाहुरी नचल्ने र फरक–फरक समयमा विभिन्न स्थानमा यसको प्रभाव देखिने बताइएको छ ।

साँझसम्म लुम्बिनी प्रदेशदेखि पूर्व क्षेत्रमा मात्रै हावाहुरी सक्रिय भए पनि रातिबाट नयाँ प्रणाली विकास हुने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिमबाट अर्को प्रणाली विकास भई पश्चिम नेपालमा पनि हावाहुरी चल्ने अनुमान गरिएको छ ।

हालको प्रणाली पूर्वतर्फ सर्दै जाने र त्यससँगै विकसित हुने नयाँ प्रणालीका कारण रातिको समयमा पनि देशका विभिन्न भागमा हावाहुरीको प्रभाव रहने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय