
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपाल घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ।
नेपालको टोलीमा विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
लिग–२ अन्तर्गतको यस खेललाई नेपालका लागि महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
