२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोड्यो। यससँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा भइरहेको शृंखलामा नेपालले यसअघि अमेरिकालाई हराएको थियो भने स्कटल्यान्डसँगको पहिलो खेलमा डीएल मेथडका आधारमा दुई रनले पराजित भएको थियो। सोमबारको जितसँगै नेपालले त्यो हारको बदला पनि लिएको छ।

नेपालको जितमा सन्दीप लामिछाने ले ऐतिहासिक कीर्तिमान बनाए। स्कटल्यान्डविरुद्ध सुरुआती दुई विकेट लिएसँगै उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडे।

यस्तै ललित राजवंशी ले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएर स्कटल्यान्डलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले।

स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका ओपनरहरू आशिफ शेखकुशल भुर्तेल ले आक्रामक सुरुआत दिलाएका थिए। दुवैले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।

आशिफ २९ रन बनाएर रनआउट भए भने कुशल २८ रनमा एलबीडब्लू आउट भए।

त्यसपछि कप्तान रोहित पौडेलइशान पाण्डे ले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ अघि बढाए।

दुवैले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए। इशानले ५५ रन बनाउँदै आफ्नो दोस्रो एकदिवसीय खेलमै अर्धशतक पूरा गरे। अमेरिकाविरुद्धको खेलबाट उनले ओडीआईमा डेब्यु गरेका थिए।

कप्तान रोहित पौडेल ६८ रनमा अविजित रहे। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो।

स्कटल्यान्डका लागि ब्रान्डोन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। उनले आक्रामक ब्याटिङ गरे पनि सन्दीप लामिछानेको बलमा आउट भए। माइकल इंग्लिसले ५१ रन जोडे।

नेपालका लागि सन्दीपले ३ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक विकेट लिए।

यो जितसँगै नेपालले २७ खेलबाट २२ अंक जोडेको छ। नेपाल अब पाँचौँ स्थानमा पुगेको छ भने नामिबिया र क्यानडा एक–एक स्थान तल झरेका छन्।

लिग–२ को शीर्ष चारभित्र रहन सके नेपालले विश्वकप ग्लोबल छनोट खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ। अन्यथा टोलीले प्लेअफ खेल्नुपर्ने अवस्था आउनेछ।

नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय