२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि सम्पर्कविहीन रहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा जीवितै फेला परेका छन्।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका शेर्पा बिहीबार बिहान खुम्बु आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिँदै आएको अवस्थामा भेटिएका हुन्। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कामदारहरूले उनलाई देखेपछि तत्काल उद्धार गरेका थिए।

पर्यटन बोर्डका पूर्व सदस्य ङावाङ निमा शेर्पाका अनुसार आरोही पर्यटकका सहयोगीका रूपमा सगरमाथा क्षेत्रमा कार्यरत दावा शेर्पा एक साताअघि आधार शिविर फर्किने क्रममा हराएका थिए। उनको खोजीका लागि हेलिकोप्टरमार्फत सगरमाथाको तेस्रो शिविर आसपासका क्षेत्रमा समेत खोजी गरिएको थियो। तर त्यसबेला उनको कुनै अत्तोपत्तो लागेको थिएन।

एसपीसीसीका कार्यकारी निर्देशक छिरिङ शेर्पाले खुम्बु आइसफलको क्र्याम्पन पोइन्ट नजिकैबाट आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा दावा शेर्पा फेला परेको जानकारी दिए।

उद्धारका क्रममा उनको हातखुट्टा हिउँले प्रभावित भएको पाइएको थियो। उनलाई तत्काल प्रारम्भिक उपचार र खाना उपलब्ध गराइएको छ। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ।

पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले एक सातासम्म हराएका व्यक्ति जीवितै फेला परेको घटनालाई असाधारण र चमत्कारिक घटनाका रूपमा लिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय