२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

सावित्रा ‘साम्बा’ भण्डारीको लगातार दोस्रो ह्याट्रिक, श्रीलंकाविरुद्ध पनि चम्किइन्

काठमाडौं, असार १७ –
एएफसी महिला एसियन कप छनोटमा नेपालको कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी छिन्।

पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले मंगलबार श्रीलंकाविरुद्ध पनि पहिलो हाफमै ह्याट्रिक पुरा गर्दै टोलीलाई मजबुत अग्रता दिलाइन्।

उनले खेलको २०औं मिनेटमा पहिलो गोल, ४२औं मिनेटमा दोस्रो गोल, र पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

नेपालका लागि खेलको ७औं मिनेटमै गीता रानाले पहिलो गोल गर्दै खाता खोलेकी थिइन्। पहिलो हाफ सकिँदासम्म नेपाल ४-० ले अगाडि रहेको छ।

सावित्राको यो प्रदर्शनले नेपाललाई समूह चरणमा उत्कृष्ट सुरुआत दिलाएको छ। एसियन कपमा नेपाली महिला टोलीको सम्भावना बलियो देखिएको  छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय