२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

काठमाडौं, असार १७ – देशमा एकपछि अर्को गरी सार्वजनिक भइरहेका भ्रष्टाचार प्रकरणबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र पनि अख्तियारको फन्दामा परेका छन्। उनी कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका तेस्रो व्यक्ति हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो। मिश्रले वि.सं. २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी युवराज खड्काका अनुसार, अनुसन्धानको दायरा फराकिलो बनाइएको छ र बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ। राष्ट्र बैंकको समन्वयमा भइरहेको अनुसन्धान अनुसार, कर्णाली विकास बैंकबाट हालसम्म झण्डै २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको छ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका सिइओ तथा पदाधिकारीहरुले हजारौं ग्राहकको बचत रकम हिनामिना गरेको आरोप लागिरहेको छ। अहिले नेपालगन्जमै डिएसपी दानबहादुर थापाको नेतृत्वमा रहेको टोलीले ठगी प्रकरणको अनुसन्धान तीव्र बनाएको छ।

बैंकका पूर्व सिइओ तथा अध्यक्ष राजेन्द्रवीर राय यसअघि भारतको लखनउबाट पक्राउ परेका थिए भने आज पक्राउ परेका पशुपतिदयाल मिश्रका छोरा ओम मिश्र बैंक संचालन समितिका वर्तमान अध्यक्ष रहेका छन्। यही कारणले पनि मिश्रमाथि छानविनको थप दबाव सिर्जना भएको  भनाइ छ।

सीआईबीले हालसम्म बैंकका पूर्व र वर्तमान पदाधिकारीसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी लिइसकेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय