२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

काठमाडौं, असार १७ – देशमा एकपछि अर्को गरी सार्वजनिक भइरहेका भ्रष्टाचार प्रकरणबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र पनि अख्तियारको फन्दामा परेका छन्। उनी कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका तेस्रो व्यक्ति हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो। मिश्रले वि.सं. २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी युवराज खड्काका अनुसार, अनुसन्धानको दायरा फराकिलो बनाइएको छ र बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ। राष्ट्र बैंकको समन्वयमा भइरहेको अनुसन्धान अनुसार, कर्णाली विकास बैंकबाट हालसम्म झण्डै २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको छ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका सिइओ तथा पदाधिकारीहरुले हजारौं ग्राहकको बचत रकम हिनामिना गरेको आरोप लागिरहेको छ। अहिले नेपालगन्जमै डिएसपी दानबहादुर थापाको नेतृत्वमा रहेको टोलीले ठगी प्रकरणको अनुसन्धान तीव्र बनाएको छ।

बैंकका पूर्व सिइओ तथा अध्यक्ष राजेन्द्रवीर राय यसअघि भारतको लखनउबाट पक्राउ परेका थिए भने आज पक्राउ परेका पशुपतिदयाल मिश्रका छोरा ओम मिश्र बैंक संचालन समितिका वर्तमान अध्यक्ष रहेका छन्। यही कारणले पनि मिश्रमाथि छानविनको थप दबाव सिर्जना भएको  भनाइ छ।

सीआईबीले हालसम्म बैंकका पूर्व र वर्तमान पदाधिकारीसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी लिइसकेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय