२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइँदैछ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले गाडीमार्फत काठमाडौं ल्याइरहेको छ। अनुसन्धान प्रक्रिया अगाडि बढाउन उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिने तयारी गरिएको छ।

यद्यपि, हालसम्म विभागबाट औपचारिक रूपमा कुनै निर्देशन नआएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले बताएका छन्।

विभाग स्रोतका अनुसार बाटोमा विश्राम तथा अन्य व्यवस्थापनका कारण काठमाडौं पुग्न केही समय लागेको हो। पौडेललाई ल्याइरहेको टोली हाल चितवन–धादिङ सडक खण्ड आसपास पुगेको जानकारी प्राप्त भएको छ।

काठमाडौं ल्याइएपछि उनलाई अनुसन्धानका लागि विशेष अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। त्यसपछि थप अनुसन्धानका लागि हिरासतमा राखिने जनाइएको छ।

यसअघि पौडेललाई नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर सोमबार बिहानको हवाई उडानमार्फत काठमाडौं ल्याउने तयारी गरिएको थियो। तर, सुर्खेतबाट नेपालगञ्ज पुग्ने क्रममा काठमाडौंबाट नयाँ निर्देशन आएपछि हवाई मार्गको योजना परिवर्तन गरी स्थलमार्गबाटै राजधानी ल्याउने निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलमाथि विभागले थप छानबिन गरिरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण भने अनुसन्धान जारी रहेकाले सार्वजनिक गरिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय