२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

काठमाडौं — आर्थिक वर्ष २०८१/८२ सकिन अब ११ दिन मात्र बाँकी रहँदा पनि सरकारले विनियोजन गरेको पुँजीगत (विकास) बजेटको आधा पनि खर्च गर्न नसकेको देखिएको छ। विकास खर्च सुस्त हुँदा राष्ट्रको समग्र आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माण प्रभावित हुने संकेत देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका पछिल्ला तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा विकास खर्चका लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँमध्ये असार १८ गतेसम्म जम्मा १ खर्ब ६४ अर्ब खर्च गरिएको छ। यो कुल पुँजीगत बजेटको ४६.५९ प्रतिशत मात्र हो।

यो आँकडा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा पनि कमजोर हो। सोही अवधिमा अघिल्लो वर्ष ४८.५७ प्रतिशत पुँजीगत बजेट खर्च गरिएको थियो।

ऋण भुक्तानी र प्रशासनिक खर्चमै केन्द्रित सरकार

विकास खर्च कमजोर देखिए पनि सरकारले ऋण तिर्न भने उल्लेख्य प्राथमिकता दिएको छ। चालू आवमा साँवा र ब्याज भुक्तानीका लागि छुट्याइएको ३ खर्ब ६७ अर्बमध्ये असार १८ गतेसम्म ३ खर्ब ११ अर्ब रुपैयाँ खर्च भइसकेको छ, जुन कुलको ८६ प्रतिशत हो।

यस्तै, प्रशासनिक तथा तलब–भत्ता जस्ता शीर्षकमा पर्ने चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब बजेट विनियोजन गरिएकोमा ८२ प्रतिशत रकम खर्च भइसकेको छ।

चालू आवको कुल बजेट १८ खर्ब ६० अर्बमध्ये हालसम्म करिब ७५ प्रतिशत मात्र खर्च भएको छ। यद्यपि, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षापछि यो बजेट करिब २ खर्बले घटाउने निर्णय गरेका थिए।

तर, हरेक वर्षको जस्तो यो वर्ष पनि अन्तिम महिनामा बजेट खर्च गर्ने परम्परा दोहोरिँदा योजनाबद्ध विकासको गति फेरि सुस्त देखिएको छ।

विश्लेषकहरू भन्छन् — ‘संरचनागत सुधारबिना खर्च सुधार हुँदैन’

 विश्लेषकहरूको धारणा अनुसार, विकास खर्चमा देखिएको निरन्तर कमजोरीले पूर्वाधार निर्माणमा अवरोध सिर्जना गर्नुका साथै निजी क्षेत्रको विश्वासमा पनि आघात पुर्याइरहेको छ।

“हामीले बजेट त समयमै ल्याउँछौं, तर खर्च गर्ने प्रणाली सुधार्नसके का छैनौं। जबसम्म परियोजनाको तयारी, ठेक्का प्रक्रिया र अनुगमनमा पारदर्शिता र समयपालन हुने प्रणाली बनाइँदैन, तबसम्म यस्तो प्रवृत्ति दोहोरिन्छ,” एक विश्लेषकले बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय