२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनी कारबाही गर्न सरकार गम्भीर नदेखिएको भन्दै संघले आन्दोलनलाई दोस्रो दिन पनि निरन्तरता दिएको हो।

आन्दोलनका कारण देशभरका अस्पतालमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैरआकस्मिक स्वास्थ्य सेवा प्रभावित भएका छन्। आकस्मिक सेवा भने सञ्चालनमै रहेको छ।

नियमित सेवा बन्द भएपछि काठमाडौंका प्रमुख सरकारी अस्पताल, विशेषगरी शिक्षण अस्पताल र वीर अस्पतालमा बिरामीको चाप बढेको छ। उपचारका लागि पुगेका धेरै बिरामी नियमित सेवा नपाएपछि फर्किन बाध्य भएका छन् भने केही बिरामी आकस्मिक सेवा वा वैकल्पिक अस्पतालको खोजीमा गएका छन्।

नेपाल चिकित्सक संघले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलनका कार्यक्रम थप कडा बनाउन सकिने चेतावनी दिएको छ।

यता, बिरामी र सर्वसाधारणले स्वास्थ्य सेवा अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको भन्दै चिकित्सकहरूको जायज माग सम्बोधन गरी स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय