२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालेपछि सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलप्रति सद्भाव व्यक्त गरेका छन् ।

कप्तान नियुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमा पहिलो पोस्ट गर्दै सन्दीपले रोहितले टोलीको नेतृत्वमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका हुन् ।

सन्दीपले रोहितलाई हरेक परिस्थितिमा टोलीलाई नेतृत्व गरेकोमा धन्यवाद दिँदै टोलीप्रतिको उनको योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुने बताएका छन् ।

उनले रोहितलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद रोहित भाइ, यो टोलीका लागि तिमीले गरेका सबै कामका लागि र हरेक परिस्थितिमा हामीलाई जसरी नेतृत्व गर्‍यौ, त्यसका लागि । टोलीप्रतिको तिम्रो योगदान, प्रतिबद्धता र उपस्थितिको सधैं कदर हुनेछ । मलाई विश्वास छ, यो टोली र देशका लागि तिम्रो अझ धेरै योगदान आउन बाँकी नै छ ।’

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय टोलीको कप्तानबाट रोहितलाई हटाएर सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो । यसअघि रोहितको टी–२० टोलीको कप्तानीसमेत खोसिएको थियो ।

अब रोहितले नेपाली टोलीमा प्रमुख ब्याट्सम्यानका रूपमा भूमिका निर्वाह गर्नेछन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय