२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले सचिवालय बैठक जारी आगामी रणनीतिमा केन्द्रित छलफल | भदौ २३–२४ घटनाको छानबिन अघि बढ्दै रिजालसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस | ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? |

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज दिउँसोदेखि रातिसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ।

बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्चपहाडी तथा हिमाली भागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका कतिपय ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै, सहरी क्षेत्र र तराईका समथर भूभागमा डुबानको जोखिम समेत रहन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको छ।

ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले आम नागरिक र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय