२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती श्रद्धा र भक्ति भावका साथ मनाइँदैछ। आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा, मार्गदर्शन र ज्ञान प्रदान गर्ने गुरुप्रति कृतज्ञता प्रकट गर्दै यो पर्व मनाउने गरिन्छ। वैदिक परम्पराअनुसार यही दिन वेदव्यासको जन्म भएको विश्वास गरिन्छ, जसका कारण यो दिन व्यास जयन्तीको रूपमा समेत चिनिन्छ।

महाभारतका रचयिता तथा वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्, स्मृति र धर्मशास्त्रहरू लेखेर हिन्दू धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान दिएका थिए। उनीद्वारा रचित धार्मिक ग्रन्थहरूले वैदिक साहित्यलाई व्यवस्थित र सर्वसुलभ बनाएको मानिन्छ। आजकै दिन वेदव्यासले वेदहरूलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरेर १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए।

गुरु शब्द संस्कृतको “गु” (अन्धकार) र “रु” (प्रकाश) को संयोजन हो, जसको अर्थ अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्ति भन्ने बुझिन्छ। तन्त्रशास्त्र र धर्मशास्त्रमा पनि गुरुलाई अज्ञान नष्ट गर्ने ज्योति स्वरूप व्यक्तित्वको रूपमा चित्रण गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, “गिरति अज्ञानं इतिः गुरु” अर्थात् जो अज्ञान हटाउँछ, उही गुरु हो भन्ने मान्यता अनुसार आजको दिन गुरुप्रति विशेष श्रद्धाभाव प्रकट गरिन्छ।

यस अवसरमा शिक्षालय, गुरुकुल, मठ-मन्दिर र घरघरमा गुरुको सम्मानमा पूजा, सत्संग, मीठा परिकार अर्पण र आशीर्वाद ग्रहणजस्ता धार्मिक र सांस्कृतिक कार्यक्रम गरिन्छ। शिष्यहरूले आफ्नो गुरुलाई आमा-बुबासरह सम्मान गर्ने परम्परा नेपाली समाजमा गहिरो रूपमा रहिआएको छ।

गुरु पूर्णिमा आत्मचिन्तन, आत्मसुधार र ज्ञानप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरको रूपमा पनि लिइन्छ। यस पर्वले गुरु-शिष्य सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय