२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी रहेकी छन्।

शनिबार साँझ सुतिरहेकी अवस्थामै उनलाई सर्पले बाँया गालामा डसेको थियो। अवस्था गम्भीर भएपछि तत्काल सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा राति ८ बजे उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।

सुदूरपश्चिममा महिनावारीका समयमा छाउगोठमा सुत्ने परम्परा अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। यस्ता प्रथाले महिलाको जीवनमा जोखिम बढाइरहेको यस्ता घटनाले पुष्टि गर्छन्।

सरकारले छाउपडी प्रथा अन्त्यका लागि कानुनी व्यवस्था र जनचेतना अभियान संचालन गरे पनि ग्रामीण क्षेत्रमा यो अभ्यास कायम रहँदा महिलाहरू जोखिममा परिरहेका छन्।

स्थानीय तह, समाजसेवी संस्था र सरोकारवालाहरूले यस्ता घटनालाई गम्भीरतापूर्वक लिँदै छाउगोठको प्रयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय