२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक महिलाको आफ्नै पूर्व श्रीमानद्वारा चक्कु प्रहार गरी हत्या गरिएको घटना सार्वजनिक भएको छ।

हतियार प्रहारबाट २८ वर्षीया रुक्मणी बरालको ज्यान गएको हो। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुर बराललाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी दीपेश बस्यालका अनुसार, मङ्गलबार बिहान १०:१० बजे लिलबहादुरले रुक्मणीलाई फोन गरेर आफन्तको घरमै बोलाई चक्कु प्रहार गरेका थिए।

घटनाका बेला रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार लिलबहादुरले बोलाएर घरभित्र छिरेपछि छुरा प्रहार गरेका थिए। “मैले हारगुहार गरेँ, रोक्न खोजेँ तर उनले केही मानेनन्,” डिलाले बताइन्, “आँखा अगाडि नै छुरा प्रहार गरेर मारे।”

इजरायलमा रोजगाररत लिलबहादुर असार २४ गते नेपाल फर्किएका थिए। रुक्मणीले गत वैशाखमा दीपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दीपक हाल कामको सिलसिलामा सङ्खुवासभा गएका छन्।

रुक्मणी र लिलबहादुरको एक छोरा र एक छोरी छन्। आमाको हत्या र बुबाको गिरफ्तारीसँगै नाबालक सन्तान विचल्लीमा परेका छन्।

घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, घटना पूर्व वैवाहिक विवादको कारणले भएको हुन सक्ने प्रहरीले जनाएको छ।

डिएसपी बस्यालले भने, “घटनास्थल सुरक्षित गरिएको छ, अभियुक्त प्रहरी नियन्त्रणमा छन्। विस्तृत अनुसन्धान अघि बढाइएको छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय