२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको ३३ प्रतिशत काम सम्पन्न भएको छ। कुल ३८.८६ किलोमिटर लम्बाइको यस सडक खण्डमा हालसम्म आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सकिएको छ।

आयोजनाका पश्चिम खण्ड प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा मात्रै पाँच किलोमिटर सडक एकैचोटि कालोपत्र गरिएको हो भने अन्य स्थानमा छरिएको रूपमा कालोपत्र गरिएको छ। थप आठ किलोमिटरमा कालोपत्र गर्ने तयारी भइरहेको उनले बताए।

सडकको २५ किलोमिटर क्षेत्रमा पक्की नाली निर्माण सम्पन्न भइसकेको छ भने ती क्षेत्रमा सडक पनि चौडा पारिएको छ। बाँकी आठ किलोमिटर क्षेत्रमा भने अझै चौडाइको काम बाँकी रहेको छ।

सडकखण्डमा पर्ने छवटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भइसकेको छ। तीनवटा पुलमा साउन महिनाभित्र ढलानको काम सक्ने योजना छ भने बाँकी दुई पुलमा वर्षा सकिएपछि निर्माण कार्य अघि बढाइनेछ। ती पुलमा हाल पिल्लर उठाउने काम भइरहेको छ।

आयोजनाका अनुसार मुआब्जा वितरणको काम पनि तीव्र रूपमा अघि बढिरहेको छ। हालसम्म आवश्यक मुआब्जामध्ये ७० प्रतिशत वितरण भइसकेको छ। त्यस्तै, विद्युतका ४०० खम्बामध्ये ३०३ वटा सारिएको छ। वर्षायाममा पुल ढलान र निर्माण सामग्री प्रशोधनबाहेक अन्य काम अघि बढ्न नसक्ने बताइएको छ। अन्य काम भदौदेखि तीव्र रूपमा अघि बढाइने आयोजना प्रमुख नेपालले जानकारी दिए।

मुग्लिन–मलेखु खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक, सात दशमलव दुई किलोमिटर चार लेन सडक, दुई दशमलव तीन किलोमिटर क्लाइम्बिङ लेन तथा बाँकी सडक दुई लेनको रहनेछ। छ लेन सडक मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा पर्नेछ भने चार लेन सडक रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।

२०७९ पुस १५ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको यो सडकखण्ड पृथ्वी राजमार्गअन्तर्गतको तेस्रो प्याकेजमा पर्छ। चार अर्ब ८० करोड ५९ लाख रुपैयाँको लागतमा शर्मा-जेडआइसिजी कम्पनीले निर्माणको जिम्मा लिएको हो।

सडकको स्तरोन्नतिको काम विश्व बैंकको सहयोगमा भइरहेको हो। सडक सुरक्षाका संरचना, पहिरो रोकथाम, नाला निर्माण, पर्खाल लगाउने, भित्तो काट्ने जस्ता कामहरू पनि योजना अनुसार अघि बढाइएको छ।

काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने मुख्य नाकाका रूपमा रहेको यस सडकमा सवारी चाप अत्यधिक भएकाले निर्माण कार्यमा विभिन्न कठिनाइहरू देखिएको छ। साथै, कच्चा सामग्री पाउन गाह्रो हुनु र प्रारम्भिक वर्षहरूमा डिजाइन परिवर्तन हुनु पनि ढिलाइको मुख्य कारण रहेको आयोजनाले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय