२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनअघि सभापतिको उम्मेदवार छनोट गर्ने विषयमा परामर्श गरेर अघि बढ्न सुझाव दिएका छन्। मंगलबार बूढानीलकण्ठ पुगेका ‘पाँच भाइ’ नेताहरूले सभापति देउवासँग भेट गरी पार्टीको भावी नेतृत्वबारे गम्भीर छलफल गरेका हुन्।

पूर्वउपसभापति विमलेन्द्र निधिको अनुपस्थितिमा उपप्रधानमन्त्री एवं नेता पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सहभागी उक्त टोलीले सोमबार चाक्सीबारीमा बसेको ७ नेताको बैठकको निष्कर्ष देउवालाई सुनाएका थिए।

नेताहरूले सभापति देउवालाई “अबको सभापति को बन्ने?” भन्ने खुला प्रश्न गर्दै आफूहरूसँग छलफल गरेर मात्र निर्णय लिन आग्रह गरे। देउवाले भने आफूले पार्टीको १५औँ महाधिवेशनमा कसैलाई पनि उम्मेदवार बनाउने वाचा नगरेको स्पष्ट पारेका छन्।

भेटमा सहभागी एक नेताका अनुसार, नेताहरूले सधैं देउवा समूहमा साथ दिएकोले पार्टी नेतृत्वका लागि योग्य उत्तराधिकारी देउवा पक्षबाटै छानिनुपर्ने बताएका थिए।

त्यसै क्रममा, नेताहरूले संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाका पछिल्ला गतिविधिलाई विशेष महत्व दिनु आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। “शेखर कोइरालाका गतिविधिबाट ठोस निष्कर्षमा पुग्न सकिने देखिँदैन,” एक नेताले भने, “त्यसैले अहिलेको प्राथमिकता देउवा पक्षकै एकता र नेतृत्व तय गर्नु हो।”

हाल पार्टीभित्र डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले सभापतिको आकांक्षा देखाउँदै तयारी गरिरहेका छन्। तर देउवा पक्षबाट कसलाई साझा उम्मेदवार बनाउने भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक समिकरण र नेताबीचको समझदारीले पार्टीको भावी नेतृत्व को हातमा जाने भन्ने टुंगो लगाउने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय