२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

खोटाङलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको खानीडाँडा–रेग्मीटार सडक बर्खाको वर्षाले ठाँउ–ठाँउमा सडक भत्किएपछि पूर्णरूपमा बन्द भएको छ। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्डमा ठूलो पहिरो खस्नुका साथै सडक चिरा चिरा परेपछि अब यातायात सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको छ।

विशेष गरी आहाले मुनीको बटुके आहालमा सडक भत्किएपछि स्थानीयले काठ राखेर जोखिम मोलेर मोटरसाइकल र यात्रुहरू वारपार गरिरहेका छन्। बर्खाको भेलले आहालेदेखि दिखुवा खोलासम्मका धेरै ठाउँमा सडक चिरेको छ। केही दिनअघिसम्म जोखिम मोलेर आवतजावत भइरहे पनि अहिले भने सडक पूर्णरूपमा बन्द भएको हो।

साउन ७ गते धरान गएका खोटाङ केपिलासगढी–३ का प्रताप राईसहित दुई जना यात्रु उक्त सडक प्रयोग गर्न बाध्य भए। उनीहरू सडक ठप्प भएर ठाउँ–ठाउँमा मोटरसाइकल बोकेर अत्यन्त कठिन यात्रा गर्नुपरेको बताउँछन्। “एक जना मात्रै भएको भए बीचमै फस्ने थियौं, दुई जना मिलेर जसो–तसो पार गर्‍यौं,” राईले बताए।

खानीडाँडा–रेग्मीटार सडकमार्ग २०८० माघ २९ गते पहिलोपटक बस परीक्षणसहित सञ्चालन गरिएको थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यो सडकलाई गौरवको योजना भनेर प्रचार गरेको थियो। तर अबको अवस्था हेर्दा तत्काल सडक सञ्चालन गर्न गाह्रो देखिएको छ।

दिक्तेल–आहाले खण्ड कालोपत्रे गरिएको भए पनि त्यसपछि रेग्मीटारसम्मको खण्डमा ट्रयाक मात्र खोलिएको थियो। यही सडक राजापानीस्थित सगरमाथा राजमार्गमा जोडिन्छ। अहिले सडक चिरेर आवतजावत बन्द भएपछि यो संजाल पुनः कहिले सञ्चालनमा आउला भन्न गाह्रो भएको छ।

दिक्तेल–महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्ने भन्दा खानीडाँडा–आहाले हुँदै रेग्मीटार जाने सडक साँढे १७ किलोमिटर छोटो मानिन्छ। त्यसैले धेरै यात्रुहरूले यही सडक प्रयोग गर्दै आएका थिए।

यसै सडकखण्डको प्रमुख बाधा दिखुवा खोला हो, जहाँ वर्षामा नियमित रूपमा सवारी ठप्प हुने गर्छ। हाल प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र कोशी प्रदेश सरकारको साझेदारीमा ५ करोड ५० लाख लागतमा ट्रष्ट ब्रिज (मोटरेबल पुल) निर्माणको काम सुरु गरिएको छ। गत वैशाख १८ गते कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले पुलको शिलान्यास गरेका थिए।

सडकको अर्को खण्ड दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले आहालेदेखि हलेसी तुवाचुङ–११ राजापानीको घर्तीभिरसम्म ट्रयाक निर्माण गरिएको छ। तर, घर्तीभिरमा ठूलो चट्टानका कारण सडक अझै नजोडिएको र विकल्पका रूपमा पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात चलाइएको थियो। अहिले त्यो विकल्प पनि बन्द भएपछि सम्पर्कविहीन बन्न पुगेको छ।

स्थानीयहरू र यात्रुहरूले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्थाको माग गरिरहेका छन्, तर सडकको क्षति हेर्दा निकट भविष्यमा सञ्चालनमा ल्याउन कठिन देखिएको छ।

-गोरखापत्र अनलाइन

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय