२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

थाइल्यान्ड र कम्बोडियाबीचको सीमा क्षेत्रमा पछिल्ला दुई दिनदेखि जारी घातक झडपले गम्भीर रूप लिन थालेको छ। थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार चेतावनी दिँदै यो झडप युद्धमा परिणत हुन सक्ने बताएका छन्। उनका अनुसार हिंसात्मक झडपका कारण अहिलेसम्म १ लाख ३० हजारभन्दा बढी नागरिकहरू विस्थापित भइसकेका छन्।

दशकौंदेखि जारी सीमा विवाद बिहीबारबाट एक्कासि जेट, तोपखाना, ट्याङ्क तथा स्थल सेनाहरू प्रयोग गरिएका युद्धस्तरीय झडपमा परिणत भएको हो। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि यस विषयमा शुक्रबार आपतकालीन बैठक डाक्ने तयारी गरिरहेको छ।

कम्बोडियाली साइडमा ओड्डर मिन्चे प्रान्तले ७० वर्षीय एक नागरिकको मृत्यु र पाँच जनाको घाइते भएको पुष्टि गरेको छ। उता थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जना नागरिक र एक जना सैनिकको मृत्यु भएको छ भने ४६ जना घाइते छन्। थाई सेनाले शुक्रबार बिहान ४ बजेबाट झडप फेरि सुरु भएको जनाएको छ।

थाई सेनाका अनुसार कम्बोडियाली सेनाले भारी हतियार, आर्टिलरी र बीएम–२१ रकेट प्रणालीमार्फत बमबारी गरिरहेको छ। जवाफमा थाई सेनाले पनि ‘उचित सहायक फायर’ प्रयोग गरेको बताएको छ। थाइल्यान्डले एफ–१६ जेट प्रयोग गरी सीमापारका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ।

सीमाबाट २० किलोमिटर टाढा रहेको कम्बोडियाली सहर सामराङमा नागरिकहरू आत्तिएर गाडीमा सामानसहित भाग्दै गरेको दृश्य देखिएको छ। बौद्ध मन्दिरहरूमा शरण लिने क्रम जारी छ। “हामी कहिले घर फर्कन सक्छौं थाहा छैन,” एक स्थानीय नागरिक प्रो बाकले भने।

थाइल्यान्ड र कम्बोडियाबीच कूटनीतिक सम्बन्ध चिसिँदै गएको छ। थाइल्यान्डले कम्बोडियाली राजदूतलाई निष्कासन गरेको छ भने कम्बोडियाले आफ्ना अधिकांश कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। नोम पेन्हस्थित थाई कूटनीतिज्ञहरूलाई समेत निष्कासन गरिएको छ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुवै देशका नेतासँग बिहीबार वार्ता गरी युद्धविराम र संवादको आह्वान गरेका छन्। युरोपेली सङ्घ (EU), चीन, फ्रान्स र संयुक्त राज्य अमेरिका लगायतले पनि शान्तिका लागि जोड दिएका छन्।

थाइल्यान्ड–कम्बोडिया सीमामा झडपको इतिहास लामो छ। २००८ देखि २०११ बीचको झडपमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो। सन् २०१३ मा अन्तर्राष्ट्रिय अदालतले विवाद समाधान गरेको भए पनि मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि पछिल्लो तनाव सुरु भएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय