२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर परम्परागत रूपमा मनाइँदैछ। हिन्दू धर्म अनुसार आजको दिन नागदेवताको पूजा गरी नागको चित्र घरको मूलढोकामा टाँस्ने परम्परा छ।

धार्मिक विश्वास अनुसार यसरी नागको पूजा गर्दा वर्षभर नाग, सर्प, बिच्छी लगायतका जीवजन्तुबाट हुने पीडाबाट मुक्ति मिल्ने र अग्नि, चट्याङ तथा वर्षाका समस्याबाट पनि जोगिन सकिन्छ।

वैदिक कालदेखि नै नाग पूजाको परम्परा रहेको धार्मिक शास्त्रहरूमा उल्लेख छ। वराह पुराणमा वर्णन भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन ब्रह्मा र नागराजबीच संवाद भएको स्मरणमा आजको दिन विशेष मानिन्छ।

नागलाई जलका अधिपति तथा सर्पराजको रूपमा पूजा गरिन्छ। नाग रिसाएमा पानीको अभाव हुने जनविश्वासका आधारमा पनि नागलाई खुसी पार्न आज विशेष पूजा गर्ने गरिन्छ।

घरको जगमुनि नाग वास गर्ने जनविश्वासले गर्दा पनि आजको दिन नाग पूजाले विशेष महत्व पाएको छ। शिव र विष्णु दुवैलाई नागसँग जोडेर पूजिने प्रचलन पनि वैदिक परम्परामा आधारित छ।

आजको दिन काठमाडौंको नागपोखरी, नागदह र भक्तपुरको नागपोखरीमा विशेष पूजाआजा हुँदैछ। ती स्थलहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

नाग पञ्चमीलाई नेपाली संस्कृति र सनातन परम्परामा प्रकृति र जीवजन्तुसँगको सहअस्तित्वको प्रतीक पर्वका रूपमा समेत लिइन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय