२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमसहित काठमाडौँ उपत्यकामा मनाइँदैछ। यस अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिएको छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने ‘गुरुमापा’ नामको राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको विश्वास गरिन्छ। स्थानीयवासीले विभिन्न उपाय अपनाएर उक्त राक्षसको अन्त्य गरे पनि यसको प्रेतात्माले पुनः अनिष्ट गर्न सक्ने डर रहिरहेकाले हरेक वर्ष घोडेजात्रा मनाउने परम्परा रहिआएको हो।

यस दिन घोडा दौडाएर राक्षसको आत्मालाई दबाउने विश्वास छ। साथै आज राति सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गरेपछि वर्षभर बालबालिकालाई कुनै हानि नपुग्ने जनविश्वास रहेको छ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै अश्वकला, मोटरसाइकल प्रदर्शन, शारीरिक व्यायाम तथा युद्धकलासम्बन्धी विभिन्न प्रस्तुति दिने गर्दछ।

यस पर्वलाई काठमाडौँ उपत्यकामा विशेष उत्सवका रूपमा मनाइन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय