२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका छन्।

सरकारका कामकारबाही र विधेयकसम्बन्धी असमझदारीका विषयमा दुई शीर्ष नेताबीच गम्भीर संवाद हुने अपेक्षा गरिएको छ। तर, मन्त्री हेरफेरको विषय पनि छलफलको एजेन्डामा रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेर गर्न इच्छुक रहेको तर कांग्रेस सभापति देउवाले यसमा तत्काल सहमति नदेखाएको स्रोतले जनाएका छन्। ओलीले आफ्नै दलका केही मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरूको हेरफेर गर्ने मनस्थिति बनाइसकेको र यही विषयमा देउवासँग छलफल गर्ने तयारीमा रहेको प्रधानमन्त्री निकट एक नेताले बताए।

यसअघि सरकारले कार्यसम्पादन र नीति कार्यान्वयनमा देखिएको असहमति र अन्य विवादलाई सम्बोधन गर्न यी दुई नेताबीचको भेट महत्वपूर्ण मानिएको छ। बैठकबाट निक्लने निष्कर्षले आगामी राजनीतिक परिस्थितिमा असर पार्ने विश्वास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय