२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको छ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले उक्त जानकारी दिएका हुन्। उनले दुवै पार्टीबीचको एकता प्रक्रिया अगाडि बढाउन वार्ता टोली गठन गर्ने निर्णय पनि भएको बताए।

“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने सहमति भएको छ,” सापकोटाले भने, “अब वार्ता टोली बनाएर छलफल थालिनेछ।”

पछिल्लो समय माओवादी केन्द्र नेतृत्वले वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने रणनीति अघि सारेको छ। सोही क्रममा विप्लव नेतृत्वको पार्टीसँग औपचारिक रूपमा संवाद सुरू गर्न लागिएको हो।

यदि छलफल सकारात्मक दिशामा अघि बढेमा देशमा विद्यमान बाम शक्तिहरूबीच लामो समयपछि फेरि ठूलो एकता सम्भव हुने देखिएको छ। अब हेर्न बाँकी छ—यो सहमति व्यवहारमा कसरी कार्यान्वयन हुन्छ र नयाँ एकता कुन स्वरूपमा अघि बढ्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय