२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपालको यू–२० महिला फुटबल टिमले आजदेखि सुरू हुने एएफसी यू–२० महिला एशियन कप छनोटमा आफ्नो ऐतिहासिक यात्रा आरम्भ गर्दैछ। भुटानको राजधानी थिम्पुमा आयोजना हुने समूह ‘ए’ को पहिलो खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ। प्रतियोगिता सुरु हुनुअघि नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको तयारीबारे विश्वस्त हुँदै छनोट चरण पार गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल रहेको समूह ‘ए’ मा उत्तर कोरिया, साउदी अरब र भुटान छन्। मङ्गोलिया यसअघि यही समूहमा भए पनि उसले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो। समूहकै बलियो टिम मानिएको उत्तर कोरिया एएफसी महिला एसियन कपको पूर्व विजेता हो।

३२ देशको सहभागिता, ११ स्थानको होड

यस छनोट प्रतियोगितामा कुल ३२ देश सहभागी छन्। आठ समूहमा विभाजित टिममध्ये प्रत्येक समूहका विजेता ८ टिम र उत्कृष्ट ३ उपविजेता टिमले आगामी वर्ष थाइल्यान्डमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप २०२६ का लागि स्थान सुरक्षित गर्नेछन्।

साफ उपविजेता नेपालको आत्मविश्वास बलियो

नेपालको महिला यू–२० टोलीले दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बन्ने सफलतापछि मनोबल उच्च बनाएको छ। प्रतियोगितामा भारतसँगको फाइनलमा १–० ले पराजित भए पनि नेपालको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो।

यो प्रतियोगिता नेपालका युवा महिला खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गर्ने ठूलो अवसर हो। प्रशिक्षकदेखि खेलाडीहरूमा जितका लागि उच्च आशा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय