२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले आफ्नो भागको बिगो बराबर २ करोड ७४ लाख रुपैयाँको बैंक जमानत अदालतमा बुझाएका छन्। यो कदमसँगै नयाँ बहस सुरु भएको छ के अब लामिछाने अदालत–अदालत चहारेर पैसाको भरमा छुट्न खोज्दैछन्?

यसअघि जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर उच्च अदालत र सर्वोच्च दुवैले उनलाई थुनामै राख्न आदेश गरेका थिए। त्यसपछि लामिछानेले चौथो प्रयास गर्दै बैंक जमानत बुझाएर पुनः रिहा माग गरेका हुन्।

मुलुकी फौजदारी कार्यविधि संहिताले जमानतमा रिहा हुन पाइने व्यवस्था गरेको भए पनि त्यसको प्रयोग समय, प्रसंग र व्यक्तिको भूमिकासँग जोडिने गर्छ। लामिछानेले अदालतमा बुझाएको बैंक ग्यारेन्टी कानुनी रूपमा ठिक भए पनि यसको राजनीतिक सन्देश भने गम्भीर र सन्देहास्पद देखिन्छ।

रास्वपाका लागि यो मुद्दा केवल कानुनी मात्र होइन, राजनीतिक अस्तित्वसँग पनि जोडिएको छ। जनप्रियताको भरमा सत्ता पुगेका लामिछाने अहिले आफ्नो छवि जोगाउने युद्ध लडिरहेका देखिन्छन्। आलोचकहरू भन्छन्—जमानत बुझाएर छुट्ने प्रयास राजनीतिक क्लिन चिट खोज्ने चाल हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय