२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

बिपी राजमार्गमा भदौ १ गतेदेखि १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ। असार ७ गतेदेखि नै जोखिमका कारण राति सवारी सञ्चालनमा रोक लगाइएकोमा अब भदौ १५ गतेसम्म यो निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। मनसुनको सक्रियतासँगै बाढीपहिरोको सम्भावित जोखिम न्यूनिकरण गर्न यो निर्णय गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थान उच्च जोखिमयुक्त भएकाले रातको समयमा यातायात बन्द गरिएको हो। यस अवधिमा काठमाडौंतर्फ जाँदै गरेका सवारी काभ्रेभञ्ज्याङमै रोकिने र काठमाडौं आउँदै गरेका सवारी नेपालथोकमै रोकिनेछन्।

गत असोजको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडक ठूलो क्षति पु¥याएको थियो। अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइए पनि करिब ८४ किमी सडक अझै कमजोर अवस्थामा रहेको छ। स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्काप्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने बिपी राजमार्ग दैनिक हजारौँ सवारी आवतजावत हुने प्रमुख मार्ग हो। जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा रोक लगाइएको भन्दै जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ।

रासस 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय