२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय |

बिपी राजमार्गमा भदौ १ गतेदेखि १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ। असार ७ गतेदेखि नै जोखिमका कारण राति सवारी सञ्चालनमा रोक लगाइएकोमा अब भदौ १५ गतेसम्म यो निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। मनसुनको सक्रियतासँगै बाढीपहिरोको सम्भावित जोखिम न्यूनिकरण गर्न यो निर्णय गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थान उच्च जोखिमयुक्त भएकाले रातको समयमा यातायात बन्द गरिएको हो। यस अवधिमा काठमाडौंतर्फ जाँदै गरेका सवारी काभ्रेभञ्ज्याङमै रोकिने र काठमाडौं आउँदै गरेका सवारी नेपालथोकमै रोकिनेछन्।

गत असोजको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडक ठूलो क्षति पु¥याएको थियो। अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइए पनि करिब ८४ किमी सडक अझै कमजोर अवस्थामा रहेको छ। स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्काप्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने बिपी राजमार्ग दैनिक हजारौँ सवारी आवतजावत हुने प्रमुख मार्ग हो। जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा रोक लगाइएको भन्दै जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ।

रासस 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय