२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउने प्रयास गलत भएको टिप्पणी गरेका छन् ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै  उनले राष्ट्रपति र उपराष्ट्रपतिको भूमिका अरूभन्दा फरक र सम्मानित हुने भएकाले त्यस्तो पदमा बसेकाहरूलाई पुनः राजनीतिमा ल्याउने काम असंगत हुने बताए ।

महासचिव पोखरेलले यसअघि पनि राजनीतिक दलहरूले गरेका गल्तीलाई पछ्याउनुको साटो, उनीहरूको कमजोरी सच्याउनुपर्नेमा जोड दिदै , “पूर्व राष्ट्रपतिलाई राजनीतिमा फर्काउने प्रयास कमजोरी हो। एमालेले माओवादी केन्द्रले गरेको त्यस्तै गल्ती दोहोर्याउनु हुँदैन, बरु नैतिक दबाब सिर्जना गरेर कमजोरी सच्याउनुपर्छ।”

त्यसक्रममा महासचिव पोखरेलले हाल नेपाली राजनीतिमा बढिरहेको अवसरवाद र अराजकताप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार अवसरवाद र अराजकताकै कारण विसं २०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनावमा कञ्चनपुरमा एमालेले हार बेहोर्नुपरेको थियो।

पार्टीलाई बलियो बनाउन अनुशासन र एकता अपरिहार्य रहेको भन्दै पोखरेलले भने , “अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी सफल हुन सक्दैन। कञ्चनपुरमा विगतमा जे गल्ती भएका थिए, त्यस्ता गल्ती दोहोरिनु हुँदैन।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय