२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

देशको शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेपनि बजारका सबै सूचकमा गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ अंकमा झरेको हो। अघिल्लो बिहीबारको तुलनामा कारोबार रकम बढेर ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ पुगेको छ। तर बजारमा १९१ कम्पनीको शेयर मूल्य घट्दा ५८ कम्पनी मात्रै हरियो देखिए।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। विशेष गरी व्यापार, अन्य, लघुवित्त, उत्पादन तथा प्रशोधन, र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेको छ।

विश्लेषकहरूका अनुसार बजार लगातार ओरालो लागिरहँदा लगानीकर्ताहरू ‘स्टप–लस’ को डरले शेयर बिक्रीमा सक्रिय भएका छन्। खरिदभन्दा बिक्री दबाब बढ्दा बजारमा मनोवैज्ञानिक असर स्पष्ट देखिएको छ। पछिल्लो समय लगातार दोहोरो अंकले सूचक घटिरहँदा लगानीकर्तामाझ प्यानिक बढ्दै गएको हो।

पछिल्लो वर्ष साउन ३१ गते ३००० अंक पार गरेको बजार यसपटक फेरि ओरालो लागेर २७०० अंक नजिक पुगेको छ।

यस दिन आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य ७.९३ प्रतिशतले बढ्दा शीर्ष वृद्धि भएको छ। त्यसैगरी अपर स्याङ्गी हाइड्रोपावर ६.२९ प्रतिशत, कालिका पावर र अपर हेवा खोला हाइड्रोपावरको मूल्य ५ प्रतिशतभन्दा बढी बढ्यो।

तर सम्पदा लघुवित्तको शेयर ७.०६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा रह्यो। ट्रेड टावर कम्पनीको शेयर पनि ५.८८ प्रतिशतले घटेर कारोबार भयो।

कारोबार रकमका हिसाबले भने नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सले ३५ करोड ४५ लाख र नेपाल रिपब्लिक मिडियाले २४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय