२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध मैदान उत्रँदैछ।

डार्विनस्थित टीआइओ स्टेडियममा हुने खेल नेपाली टोलीका लागि पहिलो जित हात पार्ने अवसर मानिएको छ। सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालले यसपटक राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनको हार बेहोरेको थियो। लगातार दुई हारसँगै नेपाल अंकविहीन अवस्थामा तालिकाको दशौँ स्थानमा छ।

उता मेलवर्न स्टार्स एकेडेमी भने सिरिजमा दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ। एक खेलमा जित र अर्कोमा हार भोगेको मेलवर्न हाल २ अंकसहित छैटौँ स्थानमा रहेको छ।

नेपालले मंगलबार होबर्ट हुरिकेन्स एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ। यो सिरिजमा नेपालले कुल ६ खेल खेल्नेछ। नेपाली टोलीले यस प्रतियोगितालाई आगामी टी–२० विश्वकपको तयारीका रुपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय