२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति |

संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि उपसमितिले तयार पारेको विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिवेदन प्रति आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायत चार छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना माग बेवास्ता गरिएको भन्दै सडक संघर्षमा जाने घोषणा गरेका हुन्।

निजी विद्यालय सञ्चालकहरूको प्रमुख आपत्ति विधेयकमा समावेश गरिएको “गैरनाफामूलक” भन्ने वाक्यांशमाथि छ। उनीहरूले यो प्रावधान हटाइएन भने विद्यालय नै बन्द गर्नेसम्मको चेतावनी दिएका छन्। साथै, पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेशनरी, खाना आदि) उपलब्ध गराउन नपाइने व्यवस्था हटाउनुपर्ने र कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन नहुने जस्ता मागसमेत अघि सारिएका छन्।

प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले उपसमितिले प्रतिवेदनमार्फत निजी विद्यालयका मागलाई बेवास्ता गरेको भन्दै आन्दोलन अपरिहार्य भएको बताए। उनका अनुसार, बिहीबार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गरिनेछ। शुक्रबार भने देशभरका स्कुल बसलाई विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने कार्यक्रम छ। साथै संसद् भवन र शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिलाई घेराउ गर्ने कार्यसूची समेत सार्वजनिक गरिएको छ।

उता, नेपाल शिक्षक महासंघले पनि आफ्ना माग विधेयकमा समेटिनुपर्ने अडान राख्दै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ। यसरी शिक्षक र निजी विद्यालय दुवै पक्ष आन्दोलित भएपछि आगामी दिनमा शिक्षा क्षेत्र थप अशान्त बन्ने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय