२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै सक्रिय कार्यकर्ता बनेर निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। बिहीबार काठमाडौंमा आयोजित मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको बहुदलीय जनवादलाई अघि बढाउँदै एमालेमा सक्रिय रहिरहने स्पष्ट संकेत दिइन्।

भण्डारीले भनिन्, “पार्टीले मलाई रोक्न खोजे पनि मर्म र भावनाअनुसार जनताको बहुदलीय जनवादलाई अघि बढाउँदै काम गर्छु। एमालेले मार्गदर्शक सिद्धान्तकै रूपमा बहुदलीय जनवादलाई लिएको छ। त्यसको मर्मअनुसार काम भयो कि भएन, समीक्षा गर्नुपर्छ।”

उनले ठूला दलहरूले राजनीतिक प्रणालीलाई अपेक्षित गतिमा अघि बढाउन नसकेको, वैदेशिक ऋण र व्यापार घाटा बढ्दै गएको तथा राष्ट्रिय पूँजी विकासमा कमजोरी देखिएको बताइन्।

सिमित पदका लागि मात्र राजनीति नगर्नुपर्ने भन्दै उनले पार्टीभित्र लोकतान्त्रिक प्रणाली कमजोर भएको टिप्पणी गरिन्। “राजनीतिक प्रणाली जसरी अघि बढाउनु पर्छ, त्यसरी अघि बढाउन सकेका छैनौं। मैले भने भने एमालेलाई आलोचना गरेजस्तो लाग्न सक्छ, तर अग्रज पार्टी भएकाले विचार पुर्‍याउनुपर्छ,” उनले भनिन्।

पूर्वराष्ट्रपतिले मधेसमा पिउने पानीको पहुँच, युवाका लागि रोजगारी र उद्योगधन्दाको विकास जस्ता मुद्दामा दलहरूले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिइन्। उनका अनुसार युवाहरूमा बढ्दो निराशालाई चिर्न राजनीतिक दलहरूले ठोस कदम चाल्न आवश्यक छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय