२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

तीज पर्वमा पशुपतिनाथ मन्दिरमा हुने ठूलो भीडलाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बलले करिब सात सय जनशक्ति परिचालन गरेको छ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीका अनुसार दर्शनार्थीको सहजताका लागि स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। यस अन्तर्गत करिब १५० महिला सशस्त्र प्रहरी पनि खटाइएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा हिजो राति २ बजेदेखि ड्युटी परिचालन सुरु भएको प्रवक्ता धौवजीले जानकारी दिए। पशुपति परिसरमै सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौँले गर्ने बताइएको छ।

त्यस्तै, उपत्यकास्थित सशस्त्र प्रहरीका विभिन्न युनिटबाट एकै सिफ्टमा तीन सयभन्दा बढी प्रहरी खटाइएको छ। सशस्त्र प्रहरीले भीड व्यवस्थापन, स्वास्थ्य सहायता र आपतकालीन उद्धारका लागि विशेष योजना बनाएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय