२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा विजयी सुरुवात गरेको छ। अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध खेलेको खेलमा नेपालले ४१ रनले जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन जोड्यो। ओपनर आसिफ शेखले ६९ रनको अर्धशतक बनाए भने कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए।

१७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमै १३६ रनमा समेटियो। नेपालको बलिङतर्फ पूर्वकप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिएका थिए। त्यसैगरी करण केसीले २ विकेट, कुशल भुर्तेल र रुपेश सिंहले १-१ विकेट लिए।

एसीटीका जेक स्मिथले ५० रन बनाए भने जाक केघले २५ रनको योगदान दिए। काइ ब्रंकर २६ रनमा अविजित रहे तर टोलीलाई जित दिलाउन सकेनन्।

नेपालले पहिलो अभ्यास खेलमा शानदार प्रदर्शन गर्दै आत्मविश्वास बढाएको छ। टोलीले आजै दोस्रो अभ्यास टी–२० खेल खेल्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय