२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा लिपुलेकबारे स्पष्ट रूपमा आवाज उठाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गरेपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै, भारत–चीनबीच भएको लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने सहमति नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण भएको दाबी गरे।

“नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ। त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला,” उनले लेखेका छन्।

प्रधानमन्त्रीको भ्रमण सफल होस् भन्ने शुभकामना दिँदै बालेनले त्यसबारेमा कुरा हुने विश्वास व्यक्त गरेका छन्। उनले थप लेखे, “हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।”

प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि चीन पुगेका छन्। उनी सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका हुन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय भएको छ।

चीन र भारतबीच लिपुलेक मार्ग हुँदै व्यापार गर्ने सम्झौता भएपछि नेपालमा संसददेखि सडकसम्म तीव्र विरोध भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारिसकेको छ भने भारतीय विदेश मन्त्रालयले भने नेपालले गरेको दाबी स्वीकार गर्न नसक्ने प्रतिक्रिया दिएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय