२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह तीव्र गतिमा बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ।

बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। दिउँसो ४ बजे प्रवाह २ लाख ५६ हजार १० क्युसेक हुँदा ३४ ढोका मात्र खोलिएका थिए।

खतराको संकेत

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार ब्यारेजमा हाल रातो बत्ती बालिएको छ। “एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि रातो बत्ती बालिन्छ, जसले खतराको सम्भावना रहेको जनाउँछ। यसले स्थानीयवासीलाई सतर्क रहन सन्देश दिन्छ,” उनले भने।

सतर्कता अपनाउन आग्रह

हालसम्म डुबानको प्रत्यक्ष जोखिम नरहे पनि पहाडी क्षेत्रमा लगातार वर्षा जारी रहेकाले जलसतह अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ। यस कारण सप्तकोसी आसपासका बासिन्दा र सरोकारवालालाई सतर्क रहन, जोखिमपूर्ण स्थानमा नजान र आवश्यक तयारी गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय