२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव |

लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह तीव्र गतिमा बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ।

बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। दिउँसो ४ बजे प्रवाह २ लाख ५६ हजार १० क्युसेक हुँदा ३४ ढोका मात्र खोलिएका थिए।

खतराको संकेत

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार ब्यारेजमा हाल रातो बत्ती बालिएको छ। “एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि रातो बत्ती बालिन्छ, जसले खतराको सम्भावना रहेको जनाउँछ। यसले स्थानीयवासीलाई सतर्क रहन सन्देश दिन्छ,” उनले भने।

सतर्कता अपनाउन आग्रह

हालसम्म डुबानको प्रत्यक्ष जोखिम नरहे पनि पहाडी क्षेत्रमा लगातार वर्षा जारी रहेकाले जलसतह अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ। यस कारण सप्तकोसी आसपासका बासिन्दा र सरोकारवालालाई सतर्क रहन, जोखिमपूर्ण स्थानमा नजान र आवश्यक तयारी गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय