
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।
भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिन प्रस्थान गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए र साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको थियो। नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहेको छ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसका राष्ट्रपति भ्लादिमीर पुटिन लगायत विश्वका विभिन्न नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। साथै, बेइजिङमा आयोजित विजय उत्सवको ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेडमा समेत सहभागी हुनुभएको थियो।
प्रधानमन्त्रीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।